विश्व कीर्तिमानी मूल्यमा म्यानचेस्टर आएका पोग्बा प्रतिबन्धित

साउन २८, २०७३ मा प्रकाशित | 1147 views

२८ साउन, एजेन्सी  ।

विश्व कीर्तिमानी रकममा युभेन्ट्सवाट म्यानचेस्टर युनाइटेड आएका  फ्रेन्च मिडफिल्डर पाउल पोग्बालाई पहिलो खेलमा नै प्रतिबन्ध लागेको छ । विश्व कीर्तिमानी १० करोड स्टर्लिङ पाउन्ड ९१३ करोड १० लाख अमेरिकी डलर० मा  म्यानचेस्टर युनाइटेड आएका पौल पोग्बाले इङ्लिस प्रिमियर लिगको पहिको खेल खेल्न नपाउने भएका हुन् । अघिल्लो सिजनको इटालियन कोपा इटालियामा दुइ पहेलो कार्ड पाएका पोग्बाको सजाय इटाली देखी इङ्ल्याण्ड सम्म लागू हुने भएको कारण उनले युनाइटेडको पहिलो खेल पाउने छैनन ।

यसकारण पोग्बाले युनाइटेडमा आएपछी आफ्नो पहिलो खेल साउथह्याम्टम सँग खेल्न सक्ने छन । सन् २०१२ मा म्यानचेस्टरले १५ लाख पाउन्डमा पोग्बालाई बेचेको थियो। आफूले चार वर्षअघि सस्तोमा बेचेको यिनै खेलाडीलाई म्यानचेस्टरले विश्व कीर्तिमानी रकममा क्लमा पुनः भित्र्याएको हो । २०१३ मा रियल म्याड्रिडले ग्यारेथ बेललाई ८ करोड ५० लाख पाउन्ड खर्चिएको थियो। जुन अहिलेसम्मकै विश्व कीर्तिमानी रकम हो। इङ्लिस क्लबले २० वर्षको दौरान पहिलोपल्ट विश्व कीर्तिमानी रकम खर्चिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web