
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो । आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले पनि फाइनलमा पुग्ने अर्काे एउटा मौका पाउनेछ । आज हार्ने टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।
इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । करण केसीको कप्तानीमा रहेको काठमान्डु तेस्रो र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चौथो स्थानमा रहेका प्लेअफमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे शुरू हुनेछ ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटको फाइनल खेल आउँदो शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।
17.16¡ÆC