पिपलटारमा मोटरसाकइलको ठक्करबाट ८० वर्षका बृद्धको मृत्यु, चालक सहित दुई घाइते

मंसिर ९, २०८२ मा प्रकाशित | 258 views

नुवाकोट।  विदुर नगरपालिका–५ स्थित पिपलटारमा आज साँझ मोटरसाइकल दुर्घटना हुदाँ एकजना पैदल यात्रीको मृत्यु भएको छ । चालक सहित दुईजना घाइते भएका छन् ।

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तरगत देवीघाटबाट बट्टारतर्फ जादै गरेको मोटरसाइकलको ठक्करबाट स्थानीय ८० वर्षीय लिलानाथ कोइरालाको निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामाको अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारको लागी त्रिशूली अस्पतालमा पु-याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङको सुन्दरबजार नगरपालिका–५ का २६ वर्षीय जीवन तामाङ र त्यसमा यात्रा गरिरहेका नवलपरासीको मध्येबिन्दु नगरपालिका–१ का ३१ वर्षीय विष्णु थापा घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा, कम्मर लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा रहेको ग १८ प ६३७० नं को मोटरसाइकलले सडक छेउमा रहेका पैदल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web