काठमान्डुले दियो लुम्बिनीलाई १ सय ५८ रनको लक्ष्य

मंसिर ९, २०८२ मा प्रकाशित | 142 views


काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

काठमान्डुका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले २/२ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web