चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

मंसिर ८, २०८२ मा प्रकाशित | 166 views


काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ ।

निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web