एमालेको जनसभाले काठमाण्डौको ट्राफिक अस्तव्यस्त

मंसिर ६, २०८२ मा प्रकाशित | 223 views


काठमाडौँ । काठमाण्डौको प्रदर्शनीमार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरेकोे काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शनीमार्ग हुँदै चल्ने गाडीलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको छ । एमालेको र्यालीका कारण टुडिखेल वरिपरि भएर चल्ने गाडीको आवागमन पनि प्रभावित भएको छ । सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । काठमाण्डौको माइतीघरचोक, सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेला भएकोले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

यसैबीच अहिले नेकपा एमालेको वृहत् जनसभा चलिरहेको छ । एमालेले ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरेको हो । बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार विध्वंशको जगमा बनेको आरोप लगाउनुभएको छ । उहाँले सरकार चुनाव गराउने बाटोमा नभएको जिकिर समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web