धादिङमा बागमती प्रदेसस्तरीय महिला भलिबल प्रतियोगिता हुदैँ, प्रथम हुनेले दुई लाख पाउने

मंसिर ५, २०८२ मा प्रकाशित | 213 views


५ मंसिर । धादिङ जिल्ला भलिबल संघको आयोजनामा आगामी पुस ९ गतेदेखि १२ गतेसम्म स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२ बागमती प्रदेशस्तरीय अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।

प्रतियोगितामा बागमती प्रदेशका सबै जिल्लाका भलिबल संघलाई सहभागी हुन पत्राचार गरिएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभयो ।

टिम दर्ताको म्याद मंसिर २९ गतेसम्म कायम छ र शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web