बञ्चरेडाँडामा काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

मंसिर ३, २०८२ मा प्रकाशित | 224 views


काठमाडौँ । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ ।

नुवाकोटको ककनी र धादिङको धुनबेँसीमा रहेकाे बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै काठमाण्डाै उपत्यकाबाट फोहर बोकेर गएका गाडी रोकेका हुन् ।

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले गएको कात्तिक दोस्रो हप्ता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।

फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गएकाे कात्तिक १६ गते पुग्नुभएका शहरी विकासमन्त्री कुलमान घिसिङले सहमति गरेपछि अवरोध हटेको थियो । तर प्रतिबद्धता कार्यान्वयन नभएकाले आजदेखि अवरोध गरेको धुनबेँसी नगरपालिका–१ का निराञ्जन सञ्जेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web