प्रधानमन्त्री कार्कीबाट आज सर्वदलीय बैठक आह्वान

मंसिर ३, २०८२ मा प्रकाशित | 228 views


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारका प्राथमिकता, अहिलेसम्मका काम र चुनावबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न लाग्नुभएको हो । आजको बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी गराउने तयारी भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित सरकारको प्रमुख जिम्मेवारी तोकिएको मितिमा चुनाव सम्पन्न गराउनु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web