विराटनगरले एनपीएल इतिहासकै धेरै रन बनायो, पोखरालाई २ सय २१ रनको लक्ष्य

मंसिर २, २०८२ मा प्रकाशित | 114 views


काठमाडौँ । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै धेरै २ सय २० रन बनाएको छ । यसअघि पनि एनपीएलमा सबैभन्दा धेरै बनाउने टोली विराटनगर थियो । अघिल्लो संस्करणमा विराटनगरले १ सय ९३ रन बनाएको थियो ।

आज पोखरा एभेन्जर्ससँगको खेलमा विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनायो । विराटनगरका लोकेश बलमे ७२, मार्टिन गप्टिलले ६१, शुभम् रन्जानेले ३८ रन बनाए । पोखराका माट टेलले २ विकेट लिए ।

यसअघि आजै भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । हिजाेदेखि शुरू भएकाे प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web