विराटनगरसँगको खेलमा पोखरा टस जितेर बलिङ गर्दै

मंसिर २, २०८२ मा प्रकाशित | 210 views


काठमाडौँ । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले बलिङ राेजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो ।

यसअघि आजै भएकाे पहिलाे खेलमा कर्णाली याक्सलाई हराउँदै चितवन राइनाेजले विजयी शुरुआत गरेकाे छ ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । हिजाेदेखि शुरू भएकाे प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web