<p>पप्पु गुरुङ्, २७ साउन / दोधारा चाँदनी । नेपाली काग्रेस दोधारा चाँदनी नगर कार्य समितिमा सदस्य मनोनित गर्ने कार्य अघि बढाएको छ् । नगरअधिबेसन पश्चात नगरकमिटिको पदाधिकारीको संख्या पुरा हुन बाँकी रहेको नेपाली काग्रेस नगर कार्य समिति दोधारा चाँदनी जनाएको छ् । नेपाली कांग्रेस नगर कार्य समितिका सभापति डम्बरबहादुर चन्दको अध्यक्षतामा बसेको पाँचौ नगर स्तरीय बैठकले ६ जना मनोनीत सद्स्य चयन गरेको थियो । जस्मा सुरेश गिरी, महाबिर रोकाया, खेमराज पैतला, भिम गुरुङ्ग, बजिर लुहार, मनिषा थापा रहेका थिए । नेपाली काग्रेस नगर कार्य समितिका सभापतिले मनमर्जी तवरले पार्टीको बिद्यान बिपरित आफ्नो प्यानलको कार्यकर्ता समितिमा मनोनित गरेको भन्दै नेपाली काग्रेस नगर कार्य समिति दोधारा चाँदनी सचिव राजेन्द्र मल्लले संचार माध्यममा बिरोध जनाएका थिए । नेपाली कांग्रेस नगर कार्य समितिका सभापति डम्बरबहादुर चन्दले आफुले पार्टीको बिद्यान बिपरित कार्य नगरेको बताएका छन् । पार्टीमा काम गर्ने सक्रिय कार्यकर्तालाई मनोनित गरेको बताएका छन् । “मानोनित गर्ने पार्टी सभापतिको अधिकार बिद्यानमा स्पष्ट लेखेको छ्” सभापति चन्दले भने,– “मनोनित सबै सदस्यहरु पार्टीको काम प्रति लगन लगाएर निष्ठापुर्वक काम गर्ने ब्यक्तीहरु राखेका छौं” सभापति डम्मर चन्दको अध्यक्षतामा नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिको छटौं आज बसेको क्रियाशिल कार्यकर्ता चन्द्र सिंह बिष्टलाई नगर कार्य समितिको उप–सभापति पदमा सर्वसम्मतबिाट मनोनित गरेको छ् । बैठकले आगामी बैठकमा एक सचिव, एक सह–सचिव तथा एक सदस्य मनोनित गर्ने निर्णय समेत भएको सदस्यहरुले जनाएका छन् । सदस्य संख्या बिस्तारपछि पार्टीको भावी रणनिती तयार गरिने नेपाली काग्रेसले जनाएको छ् । <br><br><br></p>
17.16¡ÆC