देशभर चिसो बढ्दै, काठमाण्डौको न्युनतम तापक्रम ९ डिग्रीभन्दा कम

काठमाण्डौ । देशभर चिसो बढेको छ । काठमाण्डौमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।

देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ । आज देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

TOP