
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताहको समापन समारोहमा सामुदायिक अस्पताल निर्माणका लागि गरिएको सहयोग घोषणा हस्तान्तरण गर्नुभएको छ ।
बेलकोटगढी-७ महादेवफाँटको जरुवा चौरमा सुप्रसिद्ध कथावाचिका राधिका दासीजीको प्रवचनमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताहको समापन समारोहमा सामुदायिक अस्पताल निर्माणका लागि तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले गाउँपालिकाको तर्फबाट रु. ५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो।
आज मङ्गलबार गाउँपालिका कार्यालयमा आयोजक संस्थाका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गर्दै उहाँले स्वर्गीय पिता ज्ञान प्रसाद अधिकारी र माता गौरादेवी अधिकारीको सम्झनामा व्यक्तिगत रूपमा पनि थप रु. ५१,११० दान रकम प्रदान गर्नुभयो ।
सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत लक्षित गरी निर्माण हुन लागेको सुविधा सम्पन्न अस्पताललाई प्रभावकारी बनाउने लक्ष्यका साथ गरिएको सहयोग सराहनीय भएको आयोजक संस्थाले जनाएको छ ।
अस्पताल निर्माणको लागी सबैभनदा धेरै रकम सहयोग गर्नेमा तारकेश्वर गाउँपालिका रहेको आयोजक सँस्थाले जनाएको छ ।
16.12¡ÆC