तारकेश्वरका अध्यक्ष अधिकारीबाट ५१,११० र गाँउपालिकाबाट पाच लाख सहयोग

कार्तिक २५, २०८२ मा प्रकाशित | 237 views


नुवाकोट । बेलकोटगढी–७ महादेवफाँटमा निर्माणाधीन सामुदायिक अस्पतालको स्थापनाका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सप्ताह आज समापनतिर पुगेको छ। सहयोग संकलनको अभियान अन्तर्गत तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले दुई किसिमको महत्वपूर्ण सहयोग घोषणा गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले व्यक्तिगत तर्फबाट स्वर्गीय पिता ज्ञान प्रसाद अधिकारी र माता गौरादेवी अधिकारीको सम्झनामा रु ५१,११० सहयोग गर्नुभयो । यस्तै, उहाँले तारकेश्वर गाउँपालिकाको तर्फबाट अस्पताल स्थापनाका लागि थप रु.५ लाखको आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

व्यक्तिगत सहयोग रकम उहाँले आजै प्रदान गरिसक्नुभएको छ भने गाँउपालिकाको तर्फबाट उपलब्ध गराउने रकम २–३ दिनभित्रै प्रक्रिया पूरा गरेर दिइने जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो “बेलकोटगढीको महादेवफाँटमा बन्न लागेको सामुदायिक अस्पताल तारकेश्वर लगायत आसपासका सबै बासिन्दाका लागि एक साझा स्वास्थ्य सुविधा केन्द्र बन्नेछ। हाम्रो पालिकाका धेरै नागरिकले स्वास्थ्य सेवाका लागि यहाँ आश्रित हुनुपर्ने भएकाले यस कार्यमा साथ दिनु हाम्रो दायित्व हो। व्यक्तिगत र संस्थागत रुपमा सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता जनाउँछु।”

सप्ताहको अन्तिम दिनसम्म आइपुग्दा विभिन्न दाताहरू, स्थानीय संघसंस्थाहरू, जनप्रतिनिधिहरू र नागरिक समाजबाट सहयोग जुटिरहेको छ। अस्पताल निर्माणको यो जनअभियानले नुवाकोटको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने सकिने आयोजक भिमेश्वर सामुदायिक सँस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिनुभयो ।

गत १९ गतेबाट सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथा मञ्जरी राधिका दासी मार्फत कथा प्रवचन सुरु गरेर आज समापन गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web