प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त

कार्तिक २५, २०८२ मा प्रकाशित | 173 views


काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पर्सि बिहिवारदेखि लागू हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो ।

२०५४ सालको चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ सालको चैतसम्म प्रहरी महानिरीक्षकमा रहनुहुनेछ । कार्की अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख हुनुहुन्छ ।

गएको भदौ २४ गते भएको जेनजी आन्दोलनकै दिन उहाँले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । ३० वर्षे सेवा अवधिकै कारण अहिलेका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जाँदै हुनुहुन्छ । नवनियुक्त महानिरीक्षक कार्की गएको वैशाख १५ गते डीआईजीबाट एआईजीमा बढुवा हुनुभएको थियो । त्यसको ६ महिनापछि उहाँ प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web