पूर्वमन्त्री एवम् कांग्रेस नेता अफताव आलमको निधन

कार्तिक २२, २०८२ मा प्रकाशित
Published at कार्तिक २२, २०८२

74 views

काठमाडौँ । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाण्डौको सीनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको गएराति निधन भएको हो ।

अस्पतालका सञ्चालक एवम् कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले आलमको उपचारकैक्रममा निधन भएको जानकारी दिनुभयो । पटक–पटक मन्त्री बनेका आलम २०६४ साल चैत २७ गते पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा अदालतबाट जन्मकैदको फैसला भएको थियो ।

पछि गएको जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाबाट कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । आलमका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.