तारकेश्वरको अध्यक्षमा अधिकारी निर्वाचित भएको साढे तीन वर्षमा सात स्वास्थ्य केन्द्र स्थापना

कार्तिक १९, २०८२ मा प्रकाशित | 409 views

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले तारकेश्वर गाउँपालिकाको विकट क्षेत्र वडा नं ६ स्थित फिर्केपकोटमा विस्तारित स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

अहिले सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रहरुबाट टाढाको दुरीमा रहेका नागरिकलाई स्वास्थ्य सेवा सरल र सहज रुपमा उपलब्ध गराउने पालिका अध्यक्ष अधिकारीको योजना अनुरुप स्थापना गरिएको विस्तारित स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन सहित सेवा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य सेवाको पहुँचका आधारमा पिछडिएको भुगोलको रुपमा रहेको उक्त ठाँउमा स्थापना गरिएको विस्तारित स्वास्थ्य इकाइ केन्द्रले याहाँका नागरिकलाई निकै सहजता भएको छ भने विदुर नगरपालिका वडा नं ३ का नागरिकलाई पनि स्वास्थ्य सेवा लिन धेरै टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अहिले सञ्चालनमा रहेका स्वास्थ्य सँस्थाको सेवाको पहुँचबाट टाढा रहेका पालिकाको ग्रामीण क्षेत्रमा नागरिकको पहुँच सरल बनाउन सेवा विस्तार गर्ने योजना अन्तर्गत अध्यक्ष अधिकारीले विस्तारित स्वास्थ्य इकाइ केन्द्र स्थापनाको निर्णय सहित सञ्चालनमा ल्याउनुभएको हो । उक्त स्वास्थ्य सँस्थाको सेवालाई प्रभावकारी एंव गुणस्तर बनाउनको लागी कर्मचारीलाई उहाँले निर्देशन दिनुभएको छ ।

विभिन्न ६ वटा वडा रहेको तारकेश्वरमा अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले स्वास्थ्य सेवालाई पालिकाबासीको घरदैलोबाट नजिक बनाउने क्रममा सातौं स्वास्थ्य इकाइ केन्द्रको रुपमा फिर्केपकोटमा स्वास्थ्य इकाइ केन्द्रको स्थापना गर्नुभएको हो ।

यसको स्थापनाले पालिकाबासीलाई स्वास्थ्य सेवाको लाभ लिनको लागी सहजता महशुस गरिएको छ । विशेष गरेर ज्येष्ठ नागरिकहरुलाई विभिन्न स्वास्थ्य समस्या हुने र उहाँहरु अस्पतालसम्म पुग्न कठिन हुने हुदाँ स–सानो स्वास्थ्य समस्या हुने वित्तिकै आफ्नै गाँउठाँउमा उपचार सेवा पाउन र कुनै गम्भीर प्रकृतिका स्वास्थ्य समस्या भएमा समयमै पहिचान गरेर माथिल्ला अस्पतालमा जानको लागी पनि सिफारिस गर्न अहिले स्थापना गरिएका स्वास्थ्य इकाइ केन्द्रको सेवा प्रभावकारी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीको भनाई छ ।

केन्द्रको स्थापनाले ज्वरो आएको समयमा उपभोग गर्ने सिटामोल लिनको लागी समेत विगतमा धेरै टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै अध्यक्ष अधिकारीले विस्तारित केन्द्रबाट नियमित सेवा सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो ।

स्थानीय आवश्यकता बुझेर नियमित र गुणस्तरीय सेवा दिन र जनगुनासो नआउने गरी काम गर्न केन्द्रका स्वास्थ्यकर्मीलाई अध्यक्ष अधिकारीले निर्देशन दिँदै स्वास्थ्य सेवा अत्यावश्यक सेवा अन्तरगत रहेकाले कामको जिम्मेवारी पूरा गर्न, अनावश्यक रुपमा बिदामा नबस्न र बस्नै पर्ने भएमा अग्रीम जानकारी गराई वैकल्पिक व्यवस्था मिलाएर मात्रै बिदामा बस्न भन्नुभएको छ ।

तारेकश्वर गाँउपालिकामा तीन वर्ष अघिम्म एक आयुर्वेदिक सहित ८ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थिए । पालिका अध्यक्षमा अधिकारी निर्वाचित भएको साढे तीन वर्षको अबधिमा ७ वटा स्वास्थ्य केन्द्र थप गर्दै अहिले पालिकाभरमा स्वास्थ्य केन्द्रको सङ्ख्या १५ वटा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web