दोलखा हिमपहिरोमा ७ जनाको ज्यान गएको पुष्टि

काठमाडौँ । ‘दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको पुष्टि भएको छ ।

अझै एक जना बेपत्ता भएका र हिजो बेलुकी उद्धार गरिएका चार जनाको उपचारका लागि काठमाण्डौ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिनुभयो ।

केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो ।

प्रतिक्रिया

TOP