काठमाडौं,साउन २६ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ। सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद विस्तारमा अन्योल बढेको हो। नागरिक दैनिकमा समाचार छ।

माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो। यसअघि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए। सोमबार प्रचण्डले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्या सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीनजनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ।

स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई नेविसंघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुन खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ। सत्ता बाँफाँड क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक नेपालले जानकारी दिए। माओवादीले तीन चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरेपनि कांग्रेममा भने अझै लामो समय लाग्ने सम्भावना छ।

23.12¡ÆC