
काठमाडौ । नुवाकोट सहित देशका धेरै ठाउँमा आज, भोलि र पर्सि वर्षा सहित हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज रातीदेखि पर्सि बिहानसम्म नुवाकोट सहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने जनाएको छ ।
महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज रातीदेखि बागमती प्रदेस सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसका पहाडी भू–भागमा सामान्य बदली हुने र तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको हो । यसका साथै गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ ।
गण्डकी प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पर्सि बुधवार अपरान्हसम्म बागमती प्रदेस सहित कोशी र गण्डकी प्रदेसका पहाडी र हिमाली भू–भागमा हल्का वर्षा सहित हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।
पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ । किसानहरुले अहिले धान भित्र्याउने मुख्य समय भएकाले काटिसकेको धान सुरक्षित गर्न र बाँकी रहेको धान नकाट्न सुझाब दिइएको छ ।
19.67¡ÆC