काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग पराजित

कार्तिक ९, २०८२ मा प्रकाशित | 247 views


काठमाडौँ । काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा रहेको इन्डर हलमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग २५–१८, २५–१७ र २५–२१ ले पराजित भयो । प्रतियोगितामा नेपालको यो तेस्रो हार बेहोरेको हो । योसँगै नेपाल शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना सकिएको छ ।

यसअघि नेपाल तुर्कमेनिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web