निर्वाचन आयोगमा १५ वटा नयाँ दल दर्ताको निवेदन

कार्तिक ७, २०८२ मा प्रकाशित | 220 views


काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । चुनाव घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीदेखि जेनजी आन्दोलनका अगुवाहरु समेतले दल दर्ताको निवेदन दिएका छन् । प्रक्रिया पुग्नेहरुको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगमा यसअघि एक सय २२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई एक सय २४ दल पुगेका छन् । दलहरुसँग छलफल सहित चुनावको तयारी तीब्र बनाएको आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ । बजेटको अन्तिम टुंगो हुन भने बाँकी छ ।

आयोगले चुनाव व्यवस्थापनका लागि नयाँ खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च अनुमान् गरेर बजेट तयार पारेको हो । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन र चुनाव घोषणा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web