लक्ष्मी पूजामा स्वदेशी माग धानेर एक हजार १५ मेगावाट बिजुली निर्यात

कार्तिक ४, २०८२ मा प्रकाशित | 467 views


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो देशभर विद्युत्को कूल माग एक हजार छ सय ५० मेगावाट बराबर रहेको छ । त्यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।

प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार छ सय दुई मेगावाट रहेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष लक्ष्मीपूजाको दिन कूल बिजुलीको माग ४८ मेगावाटले उच्च रहको थियो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web