बट्टारको युनाइटेड आविका विद्यार्थीले पाए झोला सहित स्टेशनरी सामाग्रि

कार्तिक ३, २०८२ मा प्रकाशित | 689 views

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा सञ्चालित युनाइटेड आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई पुस्तक बोक्ने एक–एक थान झोला सहित स्टेशनरी सामाग्रिहरु प्रदान गरिएको छ ।

आइतबार विद्यालयमा आयोजित ३७औँ बार्षिकोत्सवको अवसरमा जीवन बिमा क्षेत्रमा योगदान पुराउदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नुवाकोटको पुरानो सहकारी –गोसाइकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक–एक थान झोला, कापी र सिसाकलम उपलब्ध गराएको हो ।

बिमा कम्पनी र सहकारी मार्फत उपलब्ध गराइएको झोला सहितको स्टेशनरी सामाग्रि कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले विद्यार्थीलाई हस्तान्तरण गर्नको लागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकारलाई प्रदान गर्नुभयो ।

बिमा कम्पनी र सहकारी सस्था मार्फत सहयोग प्राप्त भएको झोला विद्यालयले विद्यार्थीलाई वितरण गरेको छ । विद्यार्थीले झोला पाएसगैँ पुस्तक बोक्न सहज भएको छ भने कापी र सिसाकलम पाएसगैँ अध्ययनमा सहयोग पुगेको छ । यसबाट अभिभावकलाई थोरै भएपनि आर्थिकभार कम हुन पुगेको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष निलमबाबु ढुंगेल, निर्वाचित जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, अभिभावकहरू, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखा प्रमुख अम्बिका श्रेष्ठ, गोसाइकुण्ड–चौतारी सहकारी सँस्थाका अध्यक्ष ईन्द्रबहादुर पण्डित, व्यबस्थापक हरिबंश ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web