नेपाल तेस्रो पटक टी-२० विश्वकपमा छनोट

अशोज २९, २०८२ मा प्रकाशित
Published at अशोज २९, २०८२

112 views

काठमाडौँ । नेपाल तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ ।

आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो । नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो ।

नेपालसँगै घरेलु टोली ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान दुवै टोली आफ्नो २ खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । अब एउटा टोली छनोट हुन बाँकी छ ।

सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

सुपर-सिक्समा नेपालले आजै राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ ।

सुपर–सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.