रेडक्रस तारुका उपशाखाको भवनलाई थप सहयोग घोषणा

अशोज २५, २०८२ मा प्रकाशित | 728 views


नुवाकोट । नेपाल रेडक्रस सोसाइटी, नुवाकोट तारुका उपशाखाले आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गाउँपालिकाको सहयोगमा निर्माण भएको भवनको उद्घाटनको तयारी गर्न आग्रह गर्दै आवश्यक थप सहयोगको प्रतिबध्दता जनाउनुभएको छ ।

रेडक्रसको उपशाखा नयाँ भवनमा सञ्चालनमा ल्याउनको लागी आवश्यक पर्ने फर्निचर, साउन्ड सिस्टम लगायतका सामाग्री सहयोग गर्ने अध्यक्ष अधिकारीले प्रतिबध्दता जनाउनुभयो ।

रेडक्रस जिल्ला शाखा नुवाकोटलाई रगत व्यवस्थापनका लागि गाउँपालिकाले बर्सेनि आर्थिकसहयोग गर्दै आएको स्मरण गराउदै अध्यक्ष अधिकारीले तारकेश्वरवासी लगायतका नागरिकलाई आवश्यक पर्दा तत्काल रगत उपलब्ध हुने सुनिश्चित गर्न विषेश रूपले व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web