सुनचाँदीको भाउमा लगातार रेकर्ड

अशोज २३, २०८२ मा प्रकाशित | 225 views


काठमाडौँ । लगातार बढिरहेको सुनको भाउ कीर्तिमान बनाएको छ । आज सुन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि हिजो बुधवार र सोमवार पनि सुनको भाउले रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web