तारकेश्वर गाउँपालिकाको दश स्थानमा निःशुल्क वाइफाई

अशोज २२, २०८२ मा प्रकाशित | 183 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले आफ्ना बासिन्दाहरूका लागि सूचना तथा सञ्चार पहुँच सहज बनाउन प्रमुख १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न लागिएको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले सूचना प्रविधि शाखालाई तत्काल वाइफाई जडानका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष अधिकारीका अनुसार सञ्चारको मुख्य माध्यम इन्टरनेट बनेको वर्तमान समयमा सहर मात्र होइन, गाउँ-गाउँसम्म पनि यसको पहुँच आवश्यक भइसकेको छ ।

उहाँले भन्नुभयो, “युवा र बालबालिकाहरूको अध्ययन–खोज कार्यदेखि गृहिणी र ज्येष्ठ नागरिकहरूले सहर तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क राख्न इन्टरनेट नै मुख्य माध्यम बनेको छ ।”

गाउँपालिकाले पहिलो चरणमा बढी भीडभाड र चहलपहल हुने १० मुख्य स्थान छनोट गरी त्यहाँ निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने योजना अघि सारेको छ ।

आगामी चरणमा बाँकी स्थानहरूमा पनि सेवा विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web