एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

अशोज ११, २०८२ मा प्रकाशित | 274 views


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । एसईईको पूरक परीक्षा गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web