घटस्थापनापछि ३ दिन विद्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीको निर्णय

अशोज ५, २०८२ मा प्रकाशित | 314 views


नुवाकोट । जेन जी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिमा एक सातासम्म विद्यालय बन्द हुनुपरेकोले वार्षिक शैक्षिक तालिकामा परेको असर न्यूनीकरण गर्न गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को प्रस्तावमा गाउँ कार्यपालिकाको २०८२/०६/०२ को बैठकले सर्वसम्मत निर्णय गरेको छ ।

यसअनुसार दसैंको घटस्थापनापछि ७, ८ र ९ असोजका दिन गाउँपालिकाभरिका सबै विद्यालय सञ्चालन हुनेछन् ।

अध्यक्ष अधिकारीले विषम परिस्थितिले निम्त्याएको क्षतिको परिपूरणका लागि शैक्षिक क्यालेण्डरमा गर्नुपरेको बाध्यात्मक संशोधनलाई सकारात्मक रूपमा ग्रहण गर्न आग्रह गर्दै सम्पूर्ण शिक्षकलाई विद्यालयमा पूर्ण क्षमतासहित पठन–पाठन सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

शिक्षकहरूको श्रीवृद्धि र सुविधाका विषयमा गाउँपालिका सधैं प्राथमिकतामा काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले विद्यार्थीप्रतिको दायित्वपूर्तिमा कुनै हिचकिचाहट नगरी यसअघि नै बिदामा रहेका शिक्षकहरूलाई समेत विद्यालयमा हाजिर गराई शिक्षण–अध्ययनमा संलग्न गराउन सबै विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web