जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्ज्वलन

अशोज १, २०८२ मा प्रकाशित | 792 views


नुवाकोट । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार नुवाकोटको विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।
विदुर सिटी युथ क्लबको आयोजनामा विदुर चोकमा र स्वस्फूर्त युवाहरुको समूहले बट्टारमा दीप प्रज्ज्वलन गरेको हो ।

यस्तै, विदुर–३ स्थित कुमलटारमा स्थानीय युवाहरुले आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदको स्मरण, श्रद्धाञ्जली एव सम्मानमा दीप प्रज्ज्वलन गरेको परिवेश बडालले जानकारी दिनुभयो ।
यस्तै, लिखु–६ छहरेमा पनि स्थानीय युवाहरुको आयोजनामा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको स्थानिय युवा तथा समाजसेवी सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाको छुट्टाछुट्टै स्थानमा आयोजित दीप प्रज्ज्वलनमा स्थानीयबासीहरुले दिवंगत शहीदहरु प्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । यनीहरुले जेनजी पुस्ताका युवाको अगुवाईमा भएको आन्दोलनलाई उपलब्धीमा रुपान्तरण भएमा मात्र देशमा शान्ति र विकास आउने अन्यथा थप संकट उत्पन्न हुनेसक्ने भन्दै चिन्ता जनाएका छन् ।

यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा दिवंगत भएका शहीदहरु प्रतिको सम्मानको लागी सरकारले बुधबार देशभर शोक बिदा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web