महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

भदौ ३०, २०८२ मा प्रकाशित | 197 views


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।

भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ ।

यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारी नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web