आज मन्त्रिपरिषद विस्तार हुन सकेन

भदौ २८, २०८२ मा प्रकाशित | 586 views


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका लागि नाम छनाेट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उहाँ निकट स्रोतले जनाएको छ ।

यसैबीच जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि कर्मचारीहरुले नयाँ भवनमा कार्यकक्ष तयार पारिरहेका छन् ।

सिंहदरबारभित्र गृह मन्त्रालयका लागि निर्माण गरेको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माण भइरहेको हो । नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारीहरु प्रधानमन्त्रीको कार्यकक्ष निर्माणमा जुटेका छन् ।

आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका धेरैजसो मन्त्रालय परिसरमा जलेका गाडी, कागजपत्रलगायत सरसामग्री छरपस्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web