
नुवाकोट । जेन्जी पुस्ताका युवाहरुको आब्हानमा भएको आन्दोलनको क्रममा ज्यान गुमाउनुभएका नुवाकोटको तादी गाँउपालिका–३ का धिरज श्रेष्ठको आज अन्त्यष्टी गरिएको ।
यही भदौ २४ गते काठमाडौको बालाजुमा आयोजित बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारबाट दिवंगत हुनुभएका २४ वर्षीय श्रेष्ठको आज काठमाडौको पशुपतीनाथ परिसरमा अन्त्यष्टी गरिएको उहाँको काका गणेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
जेन्जी पुस्ताका युवाहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अकस्मात चलाएको गोली लागेर उहाँको घटनास्थलमा नै ज्यान गएको थियो । उहाँको आज गरिएको शव परीक्षण प्रतिवेदन अनुसार टाउकोमा गोली लागेर निधन भएको उल्लेख छ ।

मुलुकको परिवर्तनको लागी ज्यानको आहुती दिनुभएका उहाँ महान शहीद भएकाले सोही अनुसार सम्मानको माग गरिएको छ । तादी–३ स्थायी निवासी भएपनि पछिल्लो समय तारकेश्वर नगरपालिकाको गणेशटोलमा बसोबास गर्दै आउनुभएको थियो ।
16.09¡ÆC