गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

भदौ २७, २०८२ मा प्रकाशित | 257 views


काठमाडौँ । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन हुन सक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।

बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारीसाधनमा व्यापक क्षति पुर्‍याइएको छ । मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web