देशका विभिन्न ठाउँमा वर्षा आज दिउँसो पनि चार प्रदेशमा पानी पर्ने सम्भावना

भदौ २५, २०८२ मा प्रकाशित | 274 views


काठमाडौँ । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।

सप्तकोशी चतरा जलमापन केन्द्रमा बिहान पछिल्लो एक घण्टामा सबैभन्दा धेरै २४.४ मिलिमिटर वर्षामापन भएको छ । झापाको दमकमा २०.८ मिलिमिटर पानी परेको छ । देशभर मनसुनको प्रभाव छ ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी पहाडी र तराई भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आजराति पनि यी चार प्रदेशका पहाडी तथा तराइ थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web