
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
हिजोदेखि शुरू भएको जेन जी युवाहरुको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभयो ।
जारी रहेको आन्दोलनलाई सम्बोधनको लागी भन्दै यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेपनि अब देशमा राजनीतिक हैसियत सकिएको छ ।
दलका कार्यालय र नेताको घरमा आगो लगाउने क्रम पनि जारी रहेकाले राज्यसंरचना सबै ढलेका छन् । ‘जेन जी’ ले हिजाे गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएकाे थियाे । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ ।

15.91¡ÆC