गम्भीर घाइते ५० भन्दाबढीलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइयो

भदौ २३, २०८२ मा प्रकाशित | 202 views

काठमाडौ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।

घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।

‘बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले टपनेपाल न्यूजसंग भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’

महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायतका अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको ती कर्मचारीले बताए । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web