२४ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले सडक विस्तारबाट स्थानीयलाई क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि सडक विस्तार नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहित ४७ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सडक विस्तार विस्तार हुँदा प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न निवेदनमा उल्लेख थियो ।

15.39¡ÆC