स्वास्थ्य सेवा प्रभावकारी बनाउन अध्यक्ष अधिकारीको निर्देशन

भदौ १८, २०८२ मा प्रकाशित | 264 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जनताको अपेक्षा र आवश्यकता अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शाखा र सबै स्वास्थ्य संस्था तथा केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले जनगुनासो नआउने गरी सेवा दिनुपर्नेमा जोड दिनुभयो। समिक्षाका क्रममा केही कमी कमजोरीहरू देखिएको उल्लेख गर्दै उहाँले ती कमजोरीहरू तत्काल सुधार गर्दै आगामी दिनमा अझ गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी सेवा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्र अन्य क्षेत्रभन्दा बढी जटिल, संवेदनशील र जिम्मेवारीपूर्ण हुने भएकाले यस क्षेत्रमा कार्यरत कर्मचारीहरूले अझ बढी इमानदारी, लगनशीलता र सेवा भावका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web