उतरगया धाममा World Fiber Net Pvt. Ltd. द्वारा वृक्षारोपण

भदौ १४, २०८२ मा प्रकाशित | 316 views


नुवाकोट । बिदुर नगरपालिका–१० स्थित वेत्रावती सडक किनार तथा पवित्र तिर्थस्थल उतरगया धाम परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त वृक्षारोपण कार्यक्रम World Fiber Net Pvt. Ltd. ले आयोजना गरेको हो। कम्पनीका प्रो.राजकुमार प्याकुरेलका अनुसार करिब चार सय वटा श्रीखण्ड र पलासका बिरुवा रोपिएका छन्।

“हरियाली विस्तार र वातावरण संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो। यस किसिमका अभियानले समाजमा सकारात्मक सन्देश दिन्छ,” प्याकुरेलले बताए।

वृक्षारोपणमा स्थानीय क्लब, समूह, विभिन्न सामाजिक संघ–संस्था र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपणलाई वातावरण संरक्षण, धार्मिक स्थलको सौन्दर्य अभिवृद्धि र दिगो जीवनशैली प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा लिएका थिए।

“आजको बिरुवा, भोलिको हरियाली”, “हरियो वन – दिगो जीवन” र “रुख रोपौं, वातावरण जोगाऔं” भन्ने सन्देशका साथ गरिएको वृक्षारोपणपछि स्थानीयवासीहरूले बिरुवाको संरक्षण र व्यवस्थापनमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web