सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख नाघ्यो

भदौ १३, २०८२ मा प्रकाशित | 407 views


काठमाडौैँ । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web