न्यायाधीश सपना मल्ल अझै राष्ट्रसंघमा पनि जागिरे!

साउन २४, २०७३ मा प्रकाशित | 1145 views

काठमाडौं,साउन २४ । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ला प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन्। एक साताअघि मात्रै सर्वोच्च अदालतको न्यायधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति (क्याट) मा स्वतन्त्र विज्ञ सदस्यका रुपमा कार्यरत छिन्।

नेपाल सरकारले अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो। प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक सरकारी अधिकारीले बताए।

उनको पदावधि सन् २०१७ अक्टुबरसम्म छ। न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाई छ। ‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनु भएको छैन। उहाँले व्यक्तिगत रुपमा राजीनामा दिएको भएपनि जानकारी गराउनु भएको छैन। ,’जेनेभास्थित नेपाली स्थायी नियोगका एक अधिकारीले टेलिफोनमा भने।ब

न्यायाधीश व्यक्तिलाई कुने पनि लाभको पदमा देशभित्र वा बाहिर समानान्तर पदीय हैसियतमा रहन निषेध गरिएको भएपनि प्रधान भने अझै राष्ट्रसंघीय पदमा रहनु विरोधाभासपूर्ण रहेको एक कुटनीतिज्ञले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web