बुधसिंघाट कृषि सहकारीद्वारा वृक्षारोपण सम्पन्न

भदौ ५, २०८२ मा प्रकाशित | 687 views


नुवाकोट । बुधसिंघाट कृषि सहकारी संस्था लि.को आयोजनामा विदुर नगरपालिका–३, बुधसिंघाटमा बिहीबार वृक्षारोपण गरिशएको छ । कार्यक्रममा विदुर नगरप्रमुख राजन श्रेष्ठ प्रमुख आतिथ्य र उपप्रमुख प्रभा बोगटी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

“हाम्रो समुदाय जिम्मेवारी, वृक्षारोपण गरौँ हरियाली” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विदुर–३ को शेराचौर र सार्वजनिक स्थल परिसरमा आँपका बिरुवाहरू रोपिनुका साथै सुरक्षित राख्न तारजाली समेत निर्माण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन श्रेष्ठले, “नगरपालिकाको पहिलो प्राथमिकता वातावरण संरक्षण र हरियाली विस्तार हो। सहकारीले लिएको यो पहल समुदायमै वातावरणमैत्री चेतना फैलाउने खालको कार्य हो,” भन्ने धारणा राख्नुभयो ।

त्यस्तै, उपप्रमुख प्रभा बोगटीले, “पुराना आँपका बिरुवा लोप हुँदै गएकाले संरक्षणका लागि सहकारीले सुरु गरेको अभियान महत्वपूर्ण छ। यसले आगामी पुस्ताका लागि हरियाली र स्वास्थ्यप्रद वातावरण सुनिश्चित गर्छ,” भन्दै सहकारीको भूमिकाको प्रशंसा गर्नुभयो ।

पुराना आँपका बिरुवाको जगेर्ना गर्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको कार्यक्रममा सहकारी सञ्चालक समिति, शेयर सदस्य, सुमन विक्रम पाण्डे, विपद कार्यालय शेराचौर, देबिघाट प्रहरी प्रमुख तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web