बसन्ती तामाङले घरमै पाउनुभयो नागरिकता

भदौ २, २०८२ मा प्रकाशित | 533 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं २ वोलगाउँ स्थित उरवन तामाङको छोरी वर्ष १८को बसन्ती तामाङलाई इलाका प्रशासन कार्यालय सातविसेले घरमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

शारिरिक अस्वस्थताका कारणले हिंडडुल गर्न नसक्ने हुनुभएका बसन्तीलाई आवश्यक कागजात पूरा भएर गरिएको आग्रह पश्चात ईलाका प्रशासन कार्यालय सातविसेका शाखा प्रमुख साबित्रा भण्डारीले आज घरमा नै पुगेर नेपाली नागकिरताको प्रमाणपत्र प्रदान गर्नुभयो ।

बसन्तीको स्वास्थ्य अबस्थालाई मध्येनजर गर्दै दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष शंकरबहादुर थापा र वडा नं २ को अध्यक्ष बीरबल तामाङको आग्रह अनुसार आवश्यक कानूनी कागजी प्रक्रिया पूरा गर्दै शाखा प्रमुख साबित्रा भण्डारीले उहाँहरुको रोहबरमा घरमा नै पुगेर नागकिरता प्रदान गर्नुभएको हो ।

विगतमा पनि यस्तै अबस्थामा रहेका नागरिकलाई घरमा नै पुगेर नागरिकता प्रदान गरिएको उल्लेख गर्दै कहीँकतै उमेर पुगेर पनि नागरिकता लिनको लागी कार्यालयसम्म पुग्न नसक्नेहरुको लागी नागरिकता प्रदान गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web