
नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिले जिल्लाभित्रका सम्पूर्ण खेल संघहरूलाई एक साताभित्र सूचीकृत हुन अनुरोध गरेको छ।
समितिका अध्यक्ष विजय गुरुङका अनुसार, जिल्ला खेलकुद विकास समितिको संरचनाभित्र रही क्रियाशील रहेका विभिन्न खेल संघहरूले समितिसँग समन्वय नगरीकन स्वतन्त्र रूपमा क्रियाकलाप गर्दै आएको पाइएकाले उनीहरूलाई सूचीकृत गराउन समयसीमा तोकिएको हो।

“सूचना प्रकाशित भएको मितिदेखि सात दिनभित्र समितिसँग सम्पर्क गरी सूचीकृत हुन अनुरोध गरेका छौं,” अध्यक्ष गुरुङले जानकारी दिनुभयो, “अन्यथा ती संघहरूलाई जिल्लास्तरको आधिकारिक संघ मानिने छैन।”
समितिले सूचनामार्फत सबै खेल संघहरूलाई तोकिएको समयमा समन्वय गर्न आह्वान गरेको छ।
27.12¡ÆC