बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

साउन ३०, २०८२ मा प्रकाशित | 184 views


काठमाडौँ । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए ।

सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।

२० साउनमा आफू सहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनकाे १० दिनपछि दाेस्राे चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

यसअघि २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चाेकका कृष्ण तामाङ र जिम्मेवारी पछि ताेकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए । कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पाैडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडाैंका डा. दिनेशचन्द्र देवकाेटालाई भाैतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडाैंकै जयराथ थापालाई श्रम, राेजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिइएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web