
नुवाकोट । बेलकोटगढी नगरपालिका–७ का स्थानीयवासीहरूले त्रिशूली नदीबाट भइरहेको बालुवा संकलन र बिक्रीमा रोक लगाएपछि करिब ४००–५०० परिवारको जीवनयापन संकटमा परेको भन्दै नुवाकोट प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय, नेकपा (माओवादी केन्द्र)का नेता तथा युवा व्यवासायी शम्भु सिग्देलको अगुवाईमा नुवाकोट प्रशासन समक्ष पुगेका स्थानीयबासीले महादेवफाँट, रातमाटे, कल्चेडी, गैरीगाउँ लगायतका क्षेत्रमा त्रिशूली नदीले थुपारेको नदीजन्य सामाग्रि विशेष गरेर बालुवा हाते उपकरण र साबिकका घरेलु औजारको प्रयोग गरेर निकाल्न र थुन्सेमा बोकेर राख्न पाउनुपर्ने माग गरेका छन् ।
उनीहरुले संघीय कानून देशभर नै समान रुपमा लागू हुनुपर्ने भन्दै अन्य पालिका र जिल्लामा हाते औजारको प्रयोग गरेर बालुवा निकाल्न पाइएको तर, बेलकोटगढीमा भने रोक लगाएको भन्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

उक्त अवसरमा प्रशासन कार्यालयमा नै रहनुभएका बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङले पनि आफूहरु स्थानीयबासीको साथको पक्षमा रहेको उल्लेख गर्दै हाते औजारको प्रयोग गरेर बालुवा निकाल्नलाई प्रशासनले रोक्न नहुने बताउनुभयो । लामो समयको छलफल एंव नगरप्रमुख गुरुङबाट स्थानीयबासीको पक्षमा लिएको अडान पश्चात नुवाकोट प्रशासनले हाते औजारको प्रयोगर्लाइ रोक नलगाइएको तर, हेभी उपकरणको प्रयोगलाई भने कानूनले दिन नमिल्ने स्पष्ट बनाएको छ ।
स्थानीयबासीले हाते औजारको प्रयोग गरेर झिक्दा प्रशासनले कडिकडाउ नगरेको तर, त्यसको बाहनामा ठूला उपकरणका प्रयोग भने गर्न नपाउने शर्त स्मरण गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले ध्यानाकर्षण गराउनुभयो । हाते औजारको प्रयोग गरेर थुन्सेमा बालुवा निकाल्दा जोखिम धेरै भएकाले त्यसतर्फ पनि ख्याल गर्न उहाँले सचेत गराउनुभएको छ ।
सर्वोच्व अदालतबाट स्थापित कानून र सोही आधारमा संघीय सरकारले बनाएको कानूनको कारण बर्खायामको तीन महिना नदी–खोलामा उत्खनन गर्नको लागी पूर्ण रुपमा निषेध गरिएको छ । तर, नुवाकोटको बेलकोटगढी नपाको विभिन्न वडाहरु सहित जिल्ललाको लिखु, पञ्चकन्या, तादी, शिवपुरी, ककनी लगायतका क्षेत्रका नदीखोलाको छेउछाउका बासिन्दाले भने यही समयमा हाते औजारको प्रयोगले बालुवा संकलन गर्दै आइरहेका छन् । यसलाई पनि प्रशासनले रोक लगाएपछी बेलकोटगढी–७ का बासिन्दाले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
23.12¡ÆC