ब्रमाकुमारी राज योग उप सेवाकेन्द्रले बृहत्त रक्तदान कार्यक्रम सञ्चालन गर्ने

साउन २३, २०८२ मा प्रकाशित | 1641 views


नुवाकोट । ब्रमाकुमारी राज योग उप सेवाकेन्द्र बट्टार शाखा नुवाकोटको मुख्य आयोजनामा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । आज भएको छलफल एंव सरोकारवालाहरुबाट प्राप्त सुझाबको आधारमा आगामी भदौ ६ गते विदुर–४ बट्टारमा भदौ ७ गते विदुर–५ देवीघाटमा र यही भदौ ८ गते विदुर–१ ढुङ्गेमा बृहत्त रक्तदान शिबिर सञ्चालन गर्ने जनाएको छ ।

ब्रमाकुमारि बिश्वबिध्यालय मधुबनको विश्वव्यापि रक्तदान कार्यक्रम अन्तरगत रगतको आपुर्ति गर्न र रक्तदान सम्बन्धि जनचेतनालाई युवा पुस्तासम्म पुर्याउन रक्तदान शिबिर आयोजना गर्न लागिएको ब्रमाकुमारी उपसेवा केन्द्र बट्टारका प्रमुख लिलाले जानकारि दिनुभयो । उहाँको अनुसार यस कार्यबाट जिल्लादेखि देशमा अभाव रहेको रगतको समस्या समाधानको लागी सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरी श्रेष्ठले अहिलेको रगत अभावलाई समाधान गर्नको लागी रेडक्रस मार्फत विभिन्न रचनात्मक एंव प्रचारात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेकाले धार्मिक एंव सामाजिक संघसँस्थाहरुबाट रक्तदान कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

छलफल विदुर नगरपालिकाका-२ का अध्यक्ष दीपक कायस्थ, ४ का अध्यक्ष निलम्बाबु ढुंगेल, ४ का पूर्वअध्यक्ष टलकमान श्रेष्ठ, समाजसेवी रामप्रसाद जोशी लगायतको सहभागिता रहेको थियो।

छलफलको लागी सहभागी सरोकारवालाहरुले ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बट्टार मार्फत पुराउदै आएको धार्मिक, सामाजिक एंव रचनात्मक कार्यले समाजिक रुपान्तरणमा उल्लेख्य सहयोग पुगेको बताएका थिए ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मानव जीवनलाई आध्यात्मिक उन्नतिको बाटोमा अग्रसर गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

सेवा केन्द्रद्वारा सञ्चालन गरिने मुख्य गतिविधिमा राजयोग ध्यान, आध्यात्मिक कक्षा, नैतिक शिक्षा प्रवर्द्धन, नशामुक्ति अभियान, सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम लगायत रहेका छन्।

समाजमा शान्ति, सद्भाव र नैतिक मूल्य विकास गराउने उद्देश्यले ब्रह्मकुमारी संस्था सक्रिय रहँदै आएको छ। विद्यालय, समुदाय र सार्वजनिक कार्यक्रमहरूमार्फत आत्मचिन्तन, आत्मशुद्धि, तथा सकारात्मक व्यवहार विकास गर्ने गतिविधिमा केन्द्रको प्राथमिकता रहेको छ।

यस्ता कार्यक्रमहरूले व्यक्तिगत रूपान्तरणमार्फत समृद्ध र शान्त समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास केन्द्रले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web